कालिकोट । तुलसीपुरमा थारू समुदायले पहिलो पटक थारू संस्कृति तथा खाना प्रदर्शनी गरेको छ । थारू समुदायको परम्परागत खाना , कला, रीतिरिवाज र भेषभुषाको संरक्षण तथा प्रर्वद्धन गर्न हिजो थारू संस्कृति तथा खाना प्रदर्शनी गरेको बताईएको छ।प्रदर्शनी तुलसीपुर उपमहानगरपालिका १२ स्थित पशुपति माविको प्राङ्गणमा भएको थियो । जहाँ तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिकाका विभिन्न ठाउँका थारू समुदायहरूले थारू एकल र समूहगत नृत्य प्रतियोगिता, थारू खानाको प्रदर्शनी, उद्यमीहरूले उत्पादन गरेका सामाग्री प्रदर्शनी गरेका थिए।थारू कला संस्कृतिको जगेर्ना र खानाहरूको प्रचार प्रसारमा टेवा पुर्याउन थारू संस्कृति तथा खाना प्रदर्शनीको आयोजना गरिएको बताईएको छ ।