गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २४ हजार ७६२ पुग्यो भने २७८ घाइते

कालिकोट । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको बताईएको छ। इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने २७८ जना मानिस घाइते भएका छन्।जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ जना घाइते भएको जनाईएको छ ।