पर्वतमा सभापति देउवासहितका नेताले एकैसाथ सम्बोधन गर्ने

कालिकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वतमा एकै सम्बोधन गर्न भएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसरमा केन्द्रीय नेताहरूबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको बताईएको छ ।सोमबार बिहान ११ बजेदेखि पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा हुने कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्न लागेका हुन्।कार्यक्रमको तयारीका लागि विभिन्न १५ वटा समितिहरू बनाएर काम गरिएको र सबै तयारीहरू पूरा भएका सचिव गुप्तनीधि शर्माले बताएका छन्। सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुँदै छन्।सचिव शर्माका अनुसार बन्द सत्रमा जिल्ला सभापति युवराज जोशीले राजनैतिक प्रतिवेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गर्ने भएका छन्।