रुखले किचेर एक महिलाको मृत्यु

कालिकोट । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा दाउरा काट्न गएकी एक महिलाको रुखले किचेर मृत्यु भएको छ।मृत्यु हुनेमा खाँदबारी–९ तुम्लिङटार ६२ वर्षीया दिलकुमारी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक असोक जगेबुले जानकारी दिएका छन्।घर नजिकैको जङ्गलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जगेबुले बताएका छन्।शनिबार बिहान ७ बजे घरबाट निस्किएकी घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला पारेर स्थानीयलाई खबर गरेका थिए।