सुर्खेतमा यातायात व्यवसायीहरूबिच लफडा

 

कालिकोट । शनिवार बिहान सुर्खेत बसपार्क क्षेत्रमा भएको दुई यातायात व्यवसायीहरूबिचको लफडाको विषयमा पीडित भनिएको ‘भिजिट कर्णाली’ प्रालिले घटनाको विषयमा पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ ।प्रालिका अध्यक्ष प्रकाशकुमार शाहीले आफूहरूमाथि खुकुरी, ढुङ्गा, मुढा प्रहार गरिनुका साथै टिकट बुकिङ काउन्टर समेत तोडफोड गरिएको बताएका छन् । आफ्ना दुई जना कर्मचारीहरू समेत घाइते भएको बताउँदै उनले उक्त घटनामा प्रशासनले समेत सहयोग नगरेको बताएका छन् ।भिजिट कर्णालीले पुस २६ गतेबाट बुलबुले चोकमा काउन्टर राखी स्कार्पियो सेवा सञ्चालनमा ल्याएको छ । तर, संयुक्त यातायात प्रालिका मान्छेहरूले बसपार्क भन्दा बाहिर काउन्टर राखेर यातायात सञ्चालनमा आएको र बसपार्कबाट नै टिकट काट्ने काम हुनुपर्ने भन्दै विवाद गरेका थिए ।अध्यक्ष शाहीले स्वतन्त्रतापूर्वक आफ्नो पेसा व्यवसाय गर्न पाउने मौलिक हकको बर्खिलाप हुने गरी दर्जनौँ केटाहरू आई टिकट काउन्टर तोडफोड गरिएको बताएका छन् ।संयुक्त यातायातका व्यक्तिहरूका कारण गाडी सञ्चालनमा अवरोध भएको र टिकट काटी गन्तव्यमा जान लागेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

error: Content is protected !!