ललितपुरमा ‘अल ब्रिड प्रतियोगिता

 

कालिकोट. ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल संघसँगको आबद्धतामा नेपालमै पहिलोपटक ‘अल ब्रिड प्रतियोगिता डग शो’ आयोजना गरेको छ।नेपालमै पहिलोपटक डबल रिङ तरिकाले अन्ताराष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जानकारी दिएको छ। ‘डग शो’मा काठमाडौँमा रहेका विभिन्न केनल क्लब लगायत घरमा पालिरहेको कुकुरको प्रतियोगिता गरिएको छ।