प्रधानमन्त्री कप क्रिकेटमा आज कर्णाली र मधेशबीच प्रतिस्पर्धा हुदै

 

कालिकोट । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज कर्णाली प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुने भएको छ।जारी प्रतियोगितामा कर्णाली आफ्ना ३ मध्ये दुई खेल जित्दै चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने ४ खेलमा २ खेल जितेर ४ अंक जोडेको मधेस सातौँ स्थानमा रहेको छ।यी दुवै टोली आज तेस्रो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्। ७ प्रदेश र तीन विभागीयसहित १० टोली सहभागी प्रतियोगितामा आफ्ना तीन खेलमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा रहेको छ। कोशी प्रदेश लगातार पाँच खेलमा पराजित हुँदा गण्डकीले पनि आफ्ना तीनवटै खेलमा हार व्यहोरेको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!