सुन्तला र सख्खरको भौगोलिक आधिकारिकता लिँदै सरकार

 

कालिकोट । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला र सख्खरको भौगोलिक संकेत प्राप्त गर्न प्रक्रिया शुरु गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले प्रक्रिया शुरु गरिसकेको बताईएको छ।आजको गोरखापत्र दैनिकमा समाचार छ, सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ। कृषि मन्त्रालयले अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। जुजुधौ र सख्खरमा एकाधिकारका लागि पनि भौगोलिक संकेत लिनका लागि प्रक्रिया शुरु भएको जिन बैंकका अधिकारी आरपी मैनालीले बताएका छन् । जुजुधौ र सख्खर नेपालीको आधिकारिक खाद्यवस्तु हो, त्यसको भौगोलिक संकेत (जीआई ट्याग) लिई हाल्नुपर्ने भनी नेपाल कृषि अनुसन्धान परिषदमा प्रस्ताव गरिसकेको बताउँदै उनले नार्कमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि बजेट पनि दिइसकेको जानकारी दिएका छन्।भौगोलिक संकेत लिनका लागि नेपालमा निश्चित नीति छैन । यसको प्रक्रिया  पूरा गर्दागर्दै अरू देशले लिएर जाने गरेको जिन बैंकको गुनासो छ । नेपालमा धेरै यस्ता वस्तु छन्, जसमा नेपालको एकाधिकार तर सरकारले त्यसमा चासो नदिएका कारण गुम्ने खतरा रहेको नार्कका अधिकारीहरू बताउँछन् ।

 

error: Content is protected !!