चालु आर्थिक वर्षको ६ महिनामा १८ प्रतिशतमात्र सरकारको खर्च

 

कालिकोट। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा सरदर १८ प्रतिशत बजेटमात्र खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म पुँजीगत र चालु गरी ७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।प्रदेश सरकारले पहिलो ६ महिनाको अवधिमा पुँजीगत खर्च १५.८५ प्रतिशत र चालु खर्च २२.०८ प्रतिशत गरी जम्मा १८.५० प्रतिशत प्रतिशत खर्च गरेको बताईएको छ ।लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार बजेट विनियोजन गरेको थियो ।कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख दीपक ज्ञवालीले पुस मसान्तसम्म चालु खर्च ३ अर्ब ८० करोड र पुँजीगत खर्च ३ अर्ब ६८ करोड गरी ७ अर्ब ४८ करोड खर्च भएको बताएका छन् ।लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय रहेका छन् । तीमध्ये यो अवधिमा सबैभन्दा धेरै बजेट खर्च गृह मन्त्रालयले गरेको पाईएको छ । सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको बताईएको छ ।

 

error: Content is protected !!