आज केही प्रदेशमा हिमपातको सम्भावना

 

कालिकोट । आज केही प्रदेशमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भागमा अहिले आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भएको छ।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।राति पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!