राउटेको जनसङ्ख्या घट्दै , पुनः एक बालिकाको मृत्यु

 

कालिकोट । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ। बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएको छ । राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको बताईएको छ ।मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाही रहेकी छन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् । एक महिनादेखि बिरामी उनको आँखा पहेँलो भएको थियो ।राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान दिनु भनिए पनि माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो । जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताएका छन् ।मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ । हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै आज चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन्।दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ ।

error: Content is protected !!