कालिकोट । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र पातलो हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज (शुक्रवा) काठमाडौँको आकाश धुम्मिने र खुल्ने हुँदै सामान्यतया सफा रहने भएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा फाटफूट वर्षाको सम्भावना रहेको छ‘पहाडी भूभागमा बदलीको अवस्था छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा छिटफुटदेखि हलुका वर्षाको सम्भावना रहेको बताईएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाले माघ ५ गतेदेखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ।कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा फाटफूटदेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम केही घट्ने सम्भावना छ। देशका तराई भूभागमा सामान्यदेखि मध्यमका साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।