ललितपुरका केही ठाउँमा ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

कालिकोट । ललितपुरका विभिन्न ठाउँमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताईएको छ ।गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने भएको हो ।यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!