कालिकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ।कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताएका छन्। उनले भने ‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्। फेरि झार आउँछ। अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो’, ।करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ। ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै संकटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए। तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुने पनि खास काम नभएको उनले बताएका छन्।पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरुवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ।