एएफसी एसियन कपमा भारतको दोस्रो हार

 

कालिकोट । एएफसी एसियन कपमा भारतले दोस्रो हार बेहोरेको छ। कतारमा हिजो सम्पन्न भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको बताईएको छ ।उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक÷एक गोल गरे। जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक हात पारेको छ।आफ्नो पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो भने दुई खेलको हारसँगै ऊ अंकविहीन रहेको छ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!