भारतबाट ट्रकमा ल्याइएका ४६० वटा पोटासका बोरा बरामद

कालिकोट। भारतबाट १३ वटा ट्रकमा ल्याइएका ५ हजार ४६० बोरा पोटास खाद बारा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले विशेष सूचनाका आधारमा बाराका छुट्टाछुट्टै दुई स्थानबाट सो परिमाणको पोटास खाद बरामद भएको जानकारी दिएका छन् ।किसान ट्रेडर्स भारतको उक्त पोटास खाद १३ वटा ट्रकमा लोड गरी वीरगन्जदेखि राजविराज, विराटनगर, बिर्तामोडतर्फ लगिँदै गरेको सूचनामा प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचना पछ्याउने क्रममा प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकबाट ५ वटा इलाका प्रहरी कार्यालय निजगढले पथलैया चोकबाट थप ८ ट्रक नियन्त्रणमा लिएको थियो ।नियन्त्रणपछि १३ वटा ट्रकबाट ८७ लाख ३६ हजार बराबारको पोटास खाद बरामद गरेको र त्यसको कर सम्बन्धी विवरण शंकास्पद रहेको न्यौपानेले बताए का छन्। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

 रातो पार्टी बाट साभार

error: Content is protected !!