कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न योजनाको काममा दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ।हिजो रातिसम्म चलेको केन्द्रीय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणाधीन विकास आयोजनामा दबाब यात्रा सिर्जना गर्ने निर्णय गरेको हो।जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाको निर्माण कार्यलाई गति दिन दबाब यात्राले सहयोग पुग्ने रास्वपाले बताएको छ। आज काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीयदेखि संघीय संरचनामा प्रतिपक्षीको भूमिकामा रहेकाले विकास निर्माणको कामको अनुगमन र दबाब दिन परेको बताएका छन्।स्थानीय जनता, सरोकारवाला, स्थानीय पत्रकारहरुसहित आयोजनास्थलमा गएर दबाब दिने कार्यक्रम रहेको बताईएको छ ।