कालिमाटीका भूमिहिनलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँच

 

कालिकोट । कालिमाटीका भूमिहिन दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नापजाँच शुरु भएको छ।सल्यानको कालिमाटी गाउँपालिकाले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न कालिमाटी गाउँपालिका(२ को चिसातराबाट जग्गा नापजाँच शुरु भएको बताएको छ ।जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह समेत गरिएको छ।आगामी चैतसम्ममा पहिलो चरणको जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्यसहित राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा सम्झौताअनुसार काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिएका छन्।अध्यक्ष केसीका अनुसार गाउँपालिकामा २ हजार ७१७ जना भूमिहिन तथा अव्यवस्थित बसोबासीले निवेदन दर्ता गरि कम्प्युटरमा प्रविष्टि भइसकेको छ र पहिलो चरणमा कालिमाटी(२ मा ४४१ जनाको जग्गा नापजाँच हुँदै छ।

 

error: Content is protected !!