बनेपामा १५ लाख घुससहित समातिए वडाध्यक्ष

 

कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको बताईएको छ । उनलाई हिजो बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।आयोगले वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ। उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद भएको आयोगले बताएको छ।

error: Content is protected !!