राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग गर्न नपाईने प्रस्ताव

 

कालिकोट । राष्ट्रिय सभामा ‘सभापति’ शब्द नै प्रयोग गर्न नपाईने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको बताईएको छ ।समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख गरिएको छ । ‘मूल नियमावलीको ठाउँ(ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने शब्दको सट्टा ‘अध्यक्षता’ भन्ने शब्दहरु राखिएका छन्’यो विषयमाथि नियमावली मस्यौदा समितिमा हिजो छलफल भएको छ भन, निर्णय भएको छैन ।राष्ट्रिय सभाको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन गर्ने गरिएको छ । विषयगत समितिका नेतृत्वलाई सभापति भन्ने गरिएको छ ।‘लैङ्गिकमैत्री कानुन बनाउनुपर्छ । यसका लागि सभापति नभनेर अध्यक्ष भन्नु जायज र उपयुक्त छ । यो विश्वव्यापी अभ्यास पनि हो,’ समितिको बैठकमा एमालेकी सांसद दिलकुमारी रावल पार्वतीले भनिन् ।तर, अध्यक्षभन्दा राष्ट्रिय सभाको अध्यक्ष र समितिको अध्यक्ष भनी खुलाउनुपर्ने र व्यवहारिक रुपमा अप्ठ्यारो हुन सक्नेतर्क कतिपय सांसदले गरे ।संसद सचिवालयका कर्मचारीहरुले सेवा सुविधासम्बन्धी ऐनलगायत अन्य ऐनमा सभापति भनिएको सन्दर्भमा नियमावलीले फरक व्यवस्था गर्दा अप्ठ्यारो हुन सक्ने औंल्याएका छन्।राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले पनि संसदीय समितिका सभापतिले पाउने सेवा सुविधालगायतका विषयमा अप्ठ्यारो पर्न सक्नेतर्फ जोड दिएका छन् ।

 

error: Content is protected !!