देशका केही भू–भागमा आंशिक बदली सँगै वर्षा र हिमपातको सम्भावना

कालिकोट । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको बताईएको छ।देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने भएको छ।पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ।

 

error: Content is protected !!