बचतकर्ताको करोडौँ रकम लियर जनयोग सहकारी संस्थाका सञ्चालक फरार

कालिकोट । बचतकर्ताको करोडौँ रकम कुम्ल्याएर काठमाडौं महानगरपालिका वडा ३२ स्थित पेप्सीकोलाको जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएका छन्। उक्त सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा हिजो (मंगलबार) मुद्दा दायर गरेका छन्।उक्त सहकारीको सेवा केन्द्र बानेश्वरबाट पुस २६ गतेसम्म बचत संकलन गर्न संकलकहरू आएको र त्यसपछि बचतकर्ताको करिब २० करोड रकम लिएर फरार भएको एक जना बचतकर्ताले बताएका छन् ।उनका अनुसार सहकारी दाजुबहिनीले चलाएका बताईएको छ ।दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय लोन शाखा प्रमुख थिइन्। तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता दिनुपर्ने नभए कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ।