कला सुनारको घरमा बस्ने सपना पुरा हुँदै

। कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ छातीमा हावा हुरीले घरको छाना उडाउँदा कला सुनार सहीत आठ जनाको परिवार गाईगोठमा बस्न बाध्य रहेको थियो । हावा हुरीले घरको छाना उडाएर गरीविको कारण समयमै छाना छाउन नसक्दा गत वर्ष असोजमा भएको भारी वर्षले घर समेत भत्कीन पुग्यो । बस्दै आएको घर समेत भत्कीए पछी ति आठ जनाको परिवार करीब ५, ६ महिना अर्काको घरमा आश्रय लियर बसेको थियो । केही समय अगाडी रेडियो तिला आवाज १०६.७ मेगाहर्जको टिम त्यहा पुगेर गाई गोठमा बसीरहेको दृष्यको स्थलगत रिपोर्टीङ समेत गरेको थियो ।

गाई गोठमा बस्न पर्नेे कला सुनारको त्यो बाध्यताको अन्त्य गर्नका लागी नेकपा माओबादी केन्द्र शुभकालिका गाउँकमिटि घर निर्माण कार्यमा जुटेको छ । पार्टीका गाउँकमिटि अध्यक्ष जवान सिंह सुनारको नेतित्वमा हिजोबाट घर निर्माण कार्य सुरु गरीएको छ । कलाको परिवारमा ४ छोरा २ छोरी र श्रीमान सहीत आठ जनाको परिवार रहेको छ । श्रीमान पनि ६१ वर्षको भईसकेका छन भने अस्वस्थ समेत रहेका छन । सुनारको कमाएर खान प्रयाप्त जग्गा जमिन समेत छैन । एउटा तरकारी लगाउने बारी बाहेक जग्गा जमिन नभएकी सुनार घर बनाउन त कहाँ हो कहाँ बाल बच्चा कसरी पाल्ने भनि चिन्तित बनेकि थिइन् । उनि घर कसरि निर्माण गर्ने भनेर चिन्ताले राती निन्द्रा समेत नलाग्ने बताउथिन् । गाई गोठ भित्र बसेर आठ जनाको परिवार पालि रहेकी सुनारको पिडा कति छन कति बुढेसकालले छोईसकेका श्रीमान मजदुरी गर्न जान खोज्छन तर असक्त भएका कारण उनलाई काममा कसले लगाउने । परिवार पाल्न सारै गारो भएको उनको गुनासो रहेको थियो । यही कुरालाई मध्यनजर गर्दै पिडितको घाउमा मलम लगाउन साथै गाई गोठमा बस्न पर्ने बाध्यताको अन्त्य गर्न आफुहरु घर निर्माण जुटेको पार्टी अध्यक्ष सुुनार बताउछन । उक्त घर निर्माण कार्यमा नेकपा माओबादी केन्द्रका वडा नं १ का सम्पुर्ण पदाधिकारीहरु पार्टीको भातृ संघठन वाई.सि.एल नेपाल, अखिल (क्रान्तिकारी) साथै अन्य समाजसेवी स्थानियवासीहरु समेतको सहभागीता रहेको पार्टी अध्यक्ष सुनारले जानकारी दिएका छन । जन श्रमदानमा घर निर्माण हुने भए पछी अहीले कलाको मुहारमा खुसी छाएको छ ।

error: Content is protected !!