तनहुँमा चितुवा देखिन थालेपछि स्थानीय त्रास

 

कालिकोट । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल र अस्पताल लगायतका क्षेत्रहरुमा साँझको समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्।टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको बताएका छन्।पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको पाईएको छ। चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा मुनिका बालबालिका रहेका छन्।मृग, वनकुखुरा लगायत जन्तु मानिसले शिकार गरिदिँदा चितुवा बस्ती पस्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ। चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउन, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताएका छन्।

 

error: Content is protected !!