बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन

 

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिनुभएको छ ।हिजो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा। वैकुण्ठ अर्याललाई बालुवाटारस्थित आफ्नो निवासमै बोलाएर प्रधानमन्त्री दाहालले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको बताईएको छ ।उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिनु भएको हो । सेवा प्रभावित हुँदा सर्वसाधारणले दुःख पाएकाले यसलाई गम्भीर रूपमा लिन उहाँले मन्त्री र मुख्यसचिवलाई निर्देशन दिनुभएको छ।