देशका केही भागमा वर्षा र हिमपातको सम्भावना

कालिकोट । देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। तराईमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताईएको छ।यी चार प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताईएको छ।