बँदेलको आक्रमणबाट एकजना महिलाको मृत्यु, एक घाइते

 

कालिकोट । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीय भगी भुल घाइते भएका बताईएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!