त्रिशूली नदीमा गाडी खसेको आशंका

कालिकोट । त्रिशूली नदीमा गाडी खसेको आशंका गरिएको छ । आशंका गरिए लगत्तै गोताखोर परिचालन गरिएको बताईएको छ।मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको हो ।‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन। गोताखोर परिचालन गरेर खोजी कार्य जारी रहेको छ।’प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छभने त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ।