आज केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

 

कालिकोट । देशका पहाडी क्षेत्रमा आज हल्का वर्षाको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताईएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। देशका पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ।