कालिकोट । पुनर्निर्माण थालिएको चार वर्षमा केशर महल अहिले आकर्षक बनेको छ। २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशर महलको ९५ प्रतिशत काम पूरा भएको छ।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको बताईएको छ। अब ढल व्यवस्थापन, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी रहेको छ। गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम सुरु भइरहेको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्ने थियो। त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा ढिला भएको निर्माण कम्पनीले जनाएको छ।