कालिकोट । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाएका छन् ।ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भएका छन् । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाएका छन् ।मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिएका छन् । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिएका छन् ।आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाएका छन् भने उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका छन्।ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए त्यस्तै रुपेश सिंहले १, विशाल पटेलले १७ रन बनाएका थिय । राजेश यादव ३२ रनमा अविजित भएका हुन् ।आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिएका छन् । सोमपाल कामीले २ विकेट , जितेन्द्र मुखिया र कुशल मल्लले १– १ विकेट लिएका छन् ।पहिलो खेलमा कोशीमाथि ७ विकेटको जित हात पारेको मधेशको यो पहिलो हार हो भने आर्मीले पहिलो खेल नै जितेको बताईएको छ ।