अध्यक्ष सिंह द्धारा भरतपुर महानगरपालिका सँग भगिनी सम्बन्ध राख्ने प्रस्ताव पेश ।

कालिकोट । जिल्लाको महावै गाउँपालिकाले चितवन जिल्लाको भरतपुर महानगरपालिका सँग भगिनी सम्बन्ध राख्ने बारेको प्रस्ताव पेश गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिनज) ले भरतपुर महानगरपालिकामा पुगेर नगर प्रमुख रेणु दाहाल सँग भेट गरी उक्त प्रस्ताव पेश गर्नु भएको बताईएको छ । नगर प्रमुख दाहालले प्रस्तावलाई सकरात्मकरुपमा लिनु भएको अध्यक्ष सिंहले बताउनु भयो । गाउँपालिका लाई शिक्षा र स्वास्थ्य क्षेत्रमा साझेदारी गरेर आधुनिक एवं व्यवस्थित पालिकाको रुपमा विकास गर्न तथा विकासका योजना र अनुभव आदान प्रदान गर्ने उदेश्यले भरतपुर महानगरपालिका सँग सम्बन्ध स्थापना गरेर अगाडी बढ्ने तयारी गरेको अध्यक्ष सिंहले जानकारी दिनुभएको छ ।