मध्य चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

 

मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्।दुर्घटना दिउँसो २ स् ५५ बजे भएको थियो। पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।उद्धार कार्य अझै जारी रहेको छ।

थाहा खबर बाट साभार

error: Content is protected !!