कालिकोट। सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । आज दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएका थिए ।राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउदै गरेको भे १ ज ७४३ नम्बरको भ्यान एक आपसमा ठोक्किएका बताईएको छ ।जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको बताईएको छ ।