कालिकोट । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । त्यसक्रममा उनले बागमती प्रदेशमाथि ८९ रनको फराकिलो जित निकालेको बताईएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले सन्दीप जोराको शतक मद्दतमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।पाँचौं नम्बरमा ब्याटिङमा आएको जोराले एक छेउबाट इनिङ सम्हाल्दै ११७ बलमा ११२ रन बनाएका छन् । त्यस क्रममा ५ छक्का र ७ चौका हानेका हुन् ।उनले छैटौं विकेटका लागि लोकेश बमसँग ६६ रनको र आठौं विकेटका लागि अमर रौतैलासँग ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए भने बम २७ र रौतेला २–२ रनमा आउट भएका थिए ।बलिङतर्फ बागमतीका लागि सूर्य तामाङले सार्वधिक ३ विकेट लिएका छन् । प्रतिश जिसी, रिजन ढकालले २२ विकेट लिए । सोनु देवकोटाले १ विकेट लिए ।जितका लागि २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रन बनाउँदै अलआउट भयो ।बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाएका थिए। उनले ८९ बलमा ८ चौका प्रहार गरेका हुन् । ओपनर इशान पाण्डे खाता नै नखोली आउट भए पनि अशुतोष घिरैयाले ५७ बलमा ५ चौकासहित ४१ रन बनाएका छन् । उनले रितसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।एक समयमा बागमती २ विकेटको क्षतिमा ११५ रनको स्थितिमा रहेको थियो ।