कालिकोट । खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले माग गरेको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै संघठनकी अध्यक्ष पन्चा सिंहले शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राखेकी हुन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै उनले शिक्षामा २० प्रतिशत लगानी गर्नु पर्ने पनि माग गरेकी बताईएको छ । अध्यक्ष सिंहले निजी विद्यालयको कुरा विधेयकबाट खारेज गर्नुपर्ने बताइन् ।