स्क्रब टाइफसका कारण ४ जनाको मृत्यु

कालिकोट । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका विरामीहरुमध्ये ४ जनाको मृत्यु स्क्रब टाइफसका कारण भएको छ। मृत्यु हुनेमा एकजना चितवनका र बाँकी ३ जना अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आवमा ३ हजार २५४ जनामा गरिएको परीक्षणमा १६३ जनामा स्क्रब टाइफस देखिएको थियो।ती विरामीमध्ये ४ जनाको मृत्यु भएको हो भने ती विरामीमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका रहेका थिए।गत आवमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ३ हजार ४८५ जनाको परीक्षणमा ५१९ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए।

 

 

error: Content is protected !!