कालिकोट। स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाहरुले जोड दिएका छन् ।देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसरी उपचार खर्च भुक्तानी गर्दै आएका हुन् । तर एउटै व्यक्तिले विभिन्न निकायमार्फत यस्तो सुविधा प्राप्त गर्ने अवस्था देखिएसँगै स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाले जोड दिएका छन् ।एउटै व्यक्तिले विभिन्न सरकारी निकायबाट दोहोरो औषधि उपचार सेवा सुविधा लिएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताएका छन् । एकद्वार प्रणालीमा जाँदा एउटा व्यक्तिले दोहोरो उपचार सेवा लिन नपाउने उनको भनाइ छ ।डा. बसौलाका अनुसार विभिन्न निकायबाट एउटा व्यक्तिले स्वास्थ्य उपचार सुविधा लिँदा सरकारको दोहोरो खर्च हुन्छ भने एकद्वार प्रणाली लागु गरेमा सुलभ रुपमा स्वास्थ्य उपचार दिन सकिने उनको भनाइ छ ।