कालिकोट । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्षको आलु उत्पादन ३३ प्रतिशतले घटेको पाईएको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताईएको छ ।स्थानीय तहका कृषि शाखासँग समन्वय गरी आलुको क्रप कटिङ गरिएको थियो। चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याइन्छ। गत वर्ष प्रतिहेक्टर ३०।७८ मेट्रिक टन आलु उत्पादन भएकामा यो वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ। मुस्ताङको ३१५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा यसपालि आलुखेती हुने क्षेत्रफल तीन हेक्टर थियो।मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाडौँ, चितवन लगायतका बजारमा खपत हुने गरेको छ। केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भई बाँकी ७० प्रतिशत निकासा हुन्छ भने आलु प्रतिकिलो सरदर ५० रुपैयाँमा बिक्री हुन्छ।यहाँ गत वर्ष ४८ करोड नौ लाख मूल्यबराबरको आलु उत्पादन भएकामा यसपटक ३१ करोड ८१ लाख रुपैयाँबराबरको मात्रै भएको छ। हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग रहेको किसान रोशन थकालीको भनाइ छ।
‘