काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधानको मस्यौदामाथि पूरक प्रस्ताव पेस भएको छ । केन्द्रीय कार्यालयका अनुसार सो प्रस्ताव पार्टीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पेस गरेका हुन् ।पूरक प्रस्तावमा पार्टीको नाम परिवर्तन गर्नुपर्ने भनिएको छ । पार्टीको नयाँ नाम नेकपा समाजवादी हुनुपर्ने भनिएको छ ।त्यसैगरी पार्टीको संगठनमा पनि परिवर्तन गर्न आवश्यक रहेको जिकिर गरिएको छ । प्रस्तावमा भनिएको छ, ‘संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासँग जोडिने खालका संगठनात्मक संरचनाहरू बनाउनु पर्दछ । मुख्य गरी वैचारिक राजनीतिक काम र संगठन सुदृढीकरण, आर्थिक उत्पादन र रोजगारी सँग सम्बन्धित काम र विकास निर्माण सरकार सम्बद्ध काम र सामाजिक सांस्कृतिक रूपान्तरण र सामाजिक न्याय स्थापना, अनुगमन र मूल्याङ्कन को कार्याधिकार र कार्य विभाजन गर्ने नीति विधानमा स्पष्ट हुनु पर्ने, मुख्य गरी स्थानीय कमिटीहरूको लागि ।
फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय
त्यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई वटा भन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । सोही बहुपदीय संरचना भएको विभिन्न पदहरूको आ(आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनु पर्ने भनिएको छ ।‘ एउटै जिम्मेवारी भएमा ३ तहको पदहरू हुन नहुने, जस्तै, महासचिव, धेरै वटा उपमहासचिव फेरी सचिव नबनाउने । उक्त पदाधिकारीहरू निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्नेछ,’ प्रस्तावमा भनिएको छ । प्रदेश पार्टीमा मुख्य गरी वैचारिक प्रशिक्षण, संगठन निर्माण, सुदृढीकरण, परिचालन, सरकार र सदन सँग सम्बन्धित कामहरू सञ्चालन गर्न कार्य विभाजन गर्ने पनि प्रस्तावमा भनिएको छ ।
रातोपाटी बाट साभार