कालिकोट — हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका ४ मा आज दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए । दुर्घटनामा ६ वर्षीय स्माइल गौतम भने घाइते भएका बताईएको छ । उनलाई उपचारको लागी काठमाडौं लगिएको छ । प्रहरीका अनुसार घाइते स्माइलको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।