उपाध्यक्ष बमद्धारा बृद्ध बृद्धाहरुलाई न्यानो कपडा बितरण

कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा न १ राम्रागाउँ (सिकु) मा गाउँपालिका उपाध्यक्ष अल्किना बम (बबिता) ले  ७० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । हिउँदको समयमा जाडो बढ्दै गएकाले वृद्ध वृद्धाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै न्यानो कपडा वितरण गरेको उहाँ बताउनु हुन्छ । साथै चिसो मौसममा न्यानो कपडा प्राप्त गरेपछी गाउँका बृद्ध बृद्धाहरुले खुसी ब्यक्त गर्दै गाउँपालिका सरकार र उपाध्यक्ष बमलाई धन्यवाद समेत दिएका छन ।

error: Content is protected !!