दाङ देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जना मध्ये २ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ(९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट(९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका(१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
अनलाईन खबर बाट साभार