भालुवाङमा बस दुर्घटना हुदा १२ जनाको मृत्यु, २३ घाइते

कालिकोट । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रु वाहक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गएको बताईएको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाड्डले जानकारी दिएको छ।दुर्घटनामा घाइते भएका २३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताईएको छ ।