कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ४ मा रहेको सुकाटीया स्वास्थ्य चौकी राराकाटीयामा करीब तिन महीना देखी औषधी अभाव भएको छ । पालिकाको मुख्य स्वास्थ्य चौकीको रुपमा रहेको राराकाटियामा तिन हप्ता देखी सिटामोल समेत नभएको स्वास्थ्य चौकी प्रमुख खगेन्द्र प्रसाद चौलागाईले बताएका छन । राज्यको नितिमानै सरकारी अस्पतालमा ९८ प्रकारका निशुल्क औषधी पाउने भनीएता पनि दुर्गम जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा नागरीकहरुले सिटामोल समेत पाउदैनन । गाउँपालिकाले समयमै ठेक्का आवाहान गर्न नसक्दा स्वास्थ्य चौकीमा औषधी चरम अभाव हुन पुगेको प्रमुख चौलागाइको भनाई छ । यस बिषयमा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत गणेश बहादुर शाही संग जानकारी लिदा औषधी अभाव भएको दुई तिन दिन मात्र भएको बताएका छन भने स्वास्थ्य शाखा प्रमुख जयकृष्ण आचार्यले गाउँपालिकामा निमित्त प्रमुख प्रसाशकीय अधिकृतले काम नगर्ने भनेका कारण र लेखापाल पनि नभएका कारण ठेक्का प्रकृया ढिलो भएकाले औषधी अभाव हुन पुगेको जानकारी दिएका छन । अब औषधी कहीले आउछ भन्ने हाम्रो प्रश्नमा बढीमा एक हप्ता भित्रमै औषधी आईपुग्ने बताएका छन