कालिकोट । जिल्ला प्रहरी कार्यालय बाराले १ लाख ८७ हजार मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले गरेको छड्के जाँचमा भारतबाट ल्याउँदै गरेको लत्ताकपडाहरू बरामद गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताएका छन् ।उनका अनुसार सिम्रौनगढबाट कपडा बरामद गरिएको पाईएको छ । बारा प्रहरीले ८ थान ब्लाङकेट, कपडाको थान ३, लेडिज सुट ३२ पिस, सुती साडी २६ पिस, पाइन्टको कपडा १३ थान र उनी चेक कपडा १ थान पक्राउ गरेको बताईएको छ ।