कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरेका छन्। कार्यक्रममा सभामुख देवराज घिमिरे‚ उपसभामुख इन्दिरा राना, मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, उद्योगी, व्यापारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारण लगायत भएका उपस्थित थिए।