ऐन संशोधन गरेर भए पनि विरोधीहरुलाई ठेगान लगाउने मन्त्री बस्नेतको चेतावनी


कालिकोट । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको एउटा समूह आफ्नो बदनाम गर्न लागिपरेको र उक्त समूहलाई ऐन संशोधन गरेर भए पनि ठेगान लगाउने चेतावनी दिनु भएकोछचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एउटा समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताउनु भयो। उहाँले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गरेमा आफैँ आएर ताला काट्ने समेत बताउनु भएको छ ।महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताउनु भयो ।उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनु भएको छ ।

 

error: Content is protected !!