कालिकोट । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ।मातृ शोकको २ महिना नपुग्दै मन्त्री लिम्बूलाई पत्नी वियोग परेको हो। उनीकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको बताईएको छ ।लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो। उनको पार्थिव शरीर लिम्बू परम्परा अनुसार आज अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए। लिम्बूका १ छोरा र १ छोरी छन् ।