पृथ्वीनारायण शाहको उपदेश आज पनि उत्तिकै महत्वपुर्ण र सान्दर्भिक छ । राष्ट्रपति

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ आज पनि उत्तिकै महत्वपुर्ण र सान्दर्भिक रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले दिव्योपदेश राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँगको सम्बन्ध र अर्थतन्त्रका लागि मार्गदर्शक भएको बताएका छन्।राष्ट्रपति पौडेलले ससाना राज्य एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेकाले नै आफूहरूले नेपाली भनेर गर्व गर्न पाएको भन्दै पृथ्वीनारायणको प्रशंसा गरेका छन्। ‘पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरे’, उउनलेएकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

error: Content is protected !!